पलेशा र प्रशिक्षक लामालाई काठमाण्डाै महानगर–८ काे सम्मान

 असोज ३, २०८१ बिहीबार ९:१८:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पेरिस पारा ओलम्पिकमा कांस्य पदक विजेता पलेशा गोवर्धन र प्रशिक्षक कविराज नेगी लामालाई काठमाण्डौ महानगरपालिकाको वडा नम्बर ८ ले नगदसहित सम्मान गरेको छ । हिजो एक कार्यक्रमकाबीच वडा नम्बर ८ ले जनही ५१ हजार रुपैयाँसहित पलेशा र प्रशिक्षक लामालाई सम्मान गरेको हो ।

सम्मान कार्यक्रममा वडाध्यक्ष आशामान सङ्गतले पलेशाले नेपालको पहिचानको उचाइ बढाउन गरेको योगदान अतुलनीय रहेको भन्दै यो सबै नेपालीको जीत भएको बताउनुभयो ।

पलेशाले पेरिस पारा ओलम्पिकमा तेक्वान्दोको के–४४ विधाअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा सर्बियाकी खेलाडीलाई हराउँदै ऐतिहासिक पदक जितेकी थिइन् ।

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया