अमेरिकी राष्ट्रपति चुनावमा ट्रम्प वा ह्यारिस कसैलाई समर्थन नगर्ने प्रमुख श्रमिक सङ्घको घोषणा

 असोज ३, २०८१ बिहीबार १२:१:२ | एजेन्सी
unn.prixa.net

अमेरिकाको सबैभन्दा प्रभावशाली लेबर युनियन अर्थात् मजदुर सङ्घमध्ये एक ‘इन्टरनेशनल ब्रदरहुड अफ टिमस्टर्स’ ले अमेरिकी राष्ट्रपति चुनावमा कुनै पनि उम्मेदवारलाई समर्थन नगर्ने घोषणा गरेको छ ।

सन् १९९६ पछि यो युनियनले कुनै पनि राष्ट्रपतिको उम्मेदवारलाई समर्थन नगरेको पहिलो पटक हो । अमेरिका र क्यानडामा गरी यो मजदुर सङ्घमा १३ लाख जना सदस्य छन् । यद्यपि युनियनले रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प र डेमोक्र्याटिक उम्मेदवार कमला ह्यारिस दुवैले आफ्ना केही मुद्दाहरूमा प्रतिबद्धता व्यक्त गरेका बीबीसीले जनाएको छ ।

युनियनले आफ्ना साधारण सदस्यहरूको मतदानले पनि कुनै उम्मेदवारका लागि निश्चित समर्थन नगरेको दाबी पनि गरेको छ । तर यसअघि युनियनले आफ्ना सदस्यहरूबीच गरेको सर्वेक्षणमा ट्रम्पलाई एकतर्फी समर्थन गरेको सङ्केत देखिएको थियो ।

लेबर युनियनको यो निर्णयले अमेरिकाका श्रमजीवी मतदातालाई लोभ्याउन खोजिरहेकी कमला ह्यारिसलाई घाटा हुने आशङ्का गरिएको खबरमा उल्लेख छ ।

टिमस्टर्स युनियनले कसैलाई समर्थन गरेको अवस्थामा पेन्सिलभेनिया, मिशिगन र विस्कन्सिन राज्यमा चुनावी नतिजामा ठूलो अन्तर पर्छ, यी राज्यमा युनियनका हजारौं सदस्य छन् ।

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया