आजदेखि ठूला चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन शुरू

 असोज ३, २०८१ बिहीबार १५:२:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – सरकारले आजदेखि ठूला चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन शुरू गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मार्फत देशका ४२ वटा जिल्लाका ६३ वटा ठाउँमा चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन गरिएको सरकारले जनाएको छ । चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन गर्न सरकारले कम्पनीलाई ३ करोड बजेट विनियोजन गरेको छ ।

काठमाण्डौ उपत्यकाका थापाथली, रामशाहपथ, नख्खु र सूर्यविनायकमा बिक्री कक्ष रहेको कम्पनीले जनाएको छ । खाद्य व्यवस्था कम्पनीले तेलमा प्रतिलिटर ५ रुपैयाँ तथा गेडागुडी, पीठो, मैदा, चिउरा, चिनी, क्वाँटीमा किलोमा ७ रुपैयाँ छुट दिएको छ । यस्तै, चामल, दालमा बजार प्रचलित मूल्यमा किलोको ५ रुपैयाँ छुट दिने जनाएको छ ।

त्यस्तै कम्पनीले कर्णालीको सिमी/गेडागुडी, फापर दाना, चिनो, कागुनो, उवा र जुम्ली मार्सीमा किलोमा ७ रुपैयाँ छुट दिएको छ । यस्तै, जिउँदो खसी–बोका र च्याङ्ग्रा तथा डीडीसी घिउमा किलोको १० रुपैयाँ छुट दिइएको कम्पनीले जनाएको छ । खसीबोकाको बिक्री भने घटस्थापनाको दिनदेखि शुरू हुनेछ । 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया