जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी ऐनको प्रभावकारी कार्यान्वयन भएन : सरोकारवाला

 असोज ३, २०८१ बिहीबार १५:२:४४ | रासस
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – ‘जातीय भेदभाव तथा छुवाछूत ऐन, २०६८’ को प्रभावकारी कार्यान्वयन नभएको भन्दै सरोकारवाला र अभियन्ताले असन्तुष्टि जनाएका छन् । ऐन लागू भएको १३ वर्ष बित्दासमेत पानी छोएको, चुल्हो छोएको, मन्दिर प्रवेश गरेको निहुँमा वा अन्तरजातीय विवाह गरेका कारण कयाैँ दलितले ज्यान गुमाउनु परेको उनीहरुको गुनासो छ ।

जागरण मिडिया सेन्टरले गरेको एक अध्ययनअनुसार ऐन लागू भएपछि जातीय भेदभाव तथा छुवाछूतकै कारण २० जना दलितको ज्यान गएको छ ।

ऐन लागू भएपछि पनि जातीय भेदभाव तथा छुवाछूतका कारण कयाैँ परिवार विस्थापित हुनु परेको र जातीय भेदभाव तथा छुवाछूतकै कारण दलित समुदाय कुटिनुपरेको घटनाका बारेमा उजुरी दिँदा प्रहरी प्रशासनले उजुरी लिन आनाकानी गर्ने गरेको सेन्टरका अध्यक्ष कमला विश्वकर्माले बताउनुभयो ।

त्यसैगरी समता फाउन्डेसनले गरेको अध्ययनअनुसार ऐन लागू भएपछि प्रहरी प्रशासनले छुवाछूतको मुद्दा दर्ता गर्नै नमान्ने र मुद्दा दर्ता गरे पनि गैरदलित अर्थात् पीडकको पक्षमा फैसला गर्ने गरेको जनाएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव छविलाल विश्वकर्माले ऐनलाई समयानुकूल संशोधन गरेर सजायसम्बन्धी व्यवस्था अझै कडा बनाउनुपर्ने माग गर्नुभयो । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले सरकारले ऐनबारे प्रचारप्रसार गरी व्यावहारिक रुपमै प्रभावकारी कार्यान्वयनका लागि सक्रियता देखाउनुपर्ने धारणा राख्नुभयो ।

यस्तै, नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य महेश्वर गहतराजले दलित समुदायको समग्र मुद्दालाई सम्बोधन गर्ने गरी दलितसम्बन्धी एकीकृत कानुन बनाएर कार्यान्वयन गर्न माग गर्नुभयो । संविधान बनेको ९ वर्ष हुँदा पनि दलितसम्बन्धी एउटा पनि कानुन बन्न नसकेको भन्दै दलित अधिकारकर्मीहरुले असन्तुष्टि जनाएका हुन् । 
 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया