क्यानडाले विदेशी विद्यार्थीको कोटा थप घटाउने

 असोज ३, २०८१ बिहीबार १५:२:४० | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डौ – क्यानडाले विदेशी विद्यार्थीको कोटा थप घटाउने भएको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आउँदो वर्ष अन्तर्राष्ट्रिय विद्यार्थीहरूको अनुमतिपत्रमा थप कटौती गर्ने घोषणा गरेका गर्नुभएको हो ।

सामाजिक सञ्जाल एक्स अर्थात् ट्विटरमा एउटा पोस्ट गर्दै प्रधानमन्त्री ट्रुडोले यो वर्षदेखि क्यानडाले विदेशी विद्यार्थीको सङ्ख्या ३५ प्रतिशतले कम गरेकोमा आउँदो वर्षदेखि १० प्रतिशतले थप कटौती गर्ने बताउनुभएको हो । प्रवासी विद्यार्थीले देशको अर्थतन्त्रमा टेवा पुर्‍याए पनि सङ्ख्या घटाउनु बाध्यता भएको उहाँले बताउनुभएको छ ।

क्यानडाको यो निर्णयले सबैभन्दा धेरै समस्या भारतीय विद्यार्थीलाई पर्ने देखिएको छ । हरेक वर्ष लाखौँ भारतीय विद्यार्थीहरू अध्ययन अनुमतिपत्र लिएर क्यानडा जान्छन् । क्यानडा सरकारको आधिकारिक तथ्याङ्कअनुसार सन् २०२२ को तुलनामा सन् २०२३ मा सक्रिय विद्यार्थी भिसाको सङ्ख्या २९ प्रतिशतले बढेर १० लाख ४० हजार पुगेको थियो ।

यीमध्ये  चार लाख ८७ हजार जना भारतीय विद्यार्थी थिए । अन्तर्राष्ट्रिय विद्यार्थीहरूले क्यानेडियन विद्यार्थीहरूको तुलनामा तीन गुणा बढी शुल्क तिर्नुपर्छ । क्यानडा सरकारको २०२२ को रिपोर्ट अनुसार अन्तर्राष्ट्रिय विद्यार्थीहरूले त्यहाँको अर्थतन्त्रमा २२ अर्ब क्यानेडियन डलर योगदान गरेका छन् । 
 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया