काठमाण्डौकाे अन्नपूर्ण न्यूरो अस्पताललाई हानीकारक फोहर व्यवस्थापन सुधार्न सात दिनको समय

 असोज ३, २०८१ बिहीबार १५:३४:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाले माइतीघरको अन्नपूर्ण न्यूरो अस्पताललाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको समय दिएको छ । महानगरले गरेको अनुगमनका क्रममा अस्पतालले फोहर व्यवस्थापनका लागि आफ्नो कार्ययोजना नै नबनाएको पाइएको छ ।

यस्तै, आकस्मिक कक्ष, शल्यक्रिया कक्ष, वार्ड, प्रयोगशालासहितका ठाउँमा हेर्दा फोहर वर्गीकरणमा एकरुपता नदेखिएको पनि काठमाण्डौ महानगरपालिकाले जनाएको छ ।  यस्तै, हानीकारक फोहर निर्मलीकरण गर्ने प्रविधि जडान भएको तर यो प्रविधिबाट निर्मलीकरण भएको फोहर जोखिममुक्त भयो कि भएन भन्न सक्ने अवस्था नदेखिएको अनुगमन समितिले जनाएको छ ।

यस्तै, अन्नपूर्ण न्यरो अस्पतालले विक्री योग्य फोहर राखिएको ठाउँमा कालो प्लाष्टिकमा फोहर राखेको र यससँगै पानी बगिरहेको पाइएको छ । यस्तै, भूमिगत तला पार्किङ प्रयोजनका लागि हुनुपर्नेमा फोहर सङ्कलन केन्द्रको रुपमा प्रयोग गरेको पाइएको छ ।  यी सबै गल्ती सुधार्न अस्पताललाई ७ दिनको समय दिइएको काठमाण्डौ महानगरपालिकाले जनाएको छ ।
 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया