एसइईमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीहरु नगदसहित पुरस्कृत

 असोज ३, २०८१ बिहीबार १५:४६:५६ | रासस
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ – बाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयले गएको वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीहरुलाई नगदसहित पुरस्कृत गरेका छ । संविधान दिवसको अवसरमा हेटौँडा आयोजित कार्यक्रममा काठमाण्डौ उपत्यकाका १३ र चितवनका दुई गरी १५ जना विद्यार्थीलाई पुरस्कृत र प्रमाणपत्र प्रदान गरिएको मन्त्रालयले जनाएको छ ।

बाग्मती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा, मुख्यमन्त्री बहादुर सिंह लामा र पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले संयुक्त रुपमा काठमाण्डौ उपत्यका र चितवनका विद्यार्थीलाई उत्कृष्ट अङ्क ल्याएबापत नगद २०, १५ र १० हजार रुपैयाँसहित पुरस्कार र प्रमाणपत्र प्रदान गर्नुभयो ।

यस्तै, युवा तथा खेलकुद मन्त्रालयद्वारा आयोजित विभिन्न खेलकुद प्रतियोगितामा विजयी हुने खेलाडीलाई प्रदेश प्रमुख देवकोटा र मुख्यमन्त्री लामाले शिल्ड, कप तथा प्रमाणपत्र हस्तान्तरण गर्नुभएको छ । 
 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया