इजरायल र लेबनानबीच ठूलो युद्धको सम्भावना बढ्यो

 असोज ४, २०८१ शुक्रबार ६:३०:४२ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

लेबनानमा रहेको विद्रोही समूह हिजबुल्लाहले पेजर र वाकीटकी विष्फोटले आफ्नो समूहलाई शक्तिशाली धक्का लागेको प्रतिक्रिया दिएको छ । यो घटनाले इजरायल र लेबनानबीच ठूलो र घातक युद्धको सम्भावना बढेको हिजबुल्लाहका प्रमुख हसन नसरल्लाहले बताउनुभएको बीबीसीले जनाएको छ ।

लेबनानलाई आतङ्कित बनाउने पटक पटकको आक्रमणपछि नसरल्लाहले आक्रामक भएर प्रतिशोधको चेतावनीसमेत दिनुभएको हो । ३७ जना हिजबुल्लाहका सदस्यको ज्यान जानेगरी इजरायलले नै पेजर र वाकीटकी विष्फोट गराएको हिजबुल्लाहको आरोप छ ।

यो घटनामा ३ हजार ५ सयभन्दा धेरै मानिस घाइते भएका छन् । इजरायलले लेबनानको राजधानी बेरुतसहितका ठाउँमा बम आक्रमण गर्न थालिसकेको छ भने हिजबुल्लाहले पनि निरन्तर रकेट प्रहार गर्न थालेको छ । गाजामा युद्धविराम नभएसम्म इजरायलविरुद्ध हिजबुल्लाहले लडाइँ जारी राख्ने जनाएको छ । 
 

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया