युक्रेनसँगको युद्धमा ज्यान गुमाउने रुसी सैनिकको सङ्ख्या ७० हजार नाघ्यो

 असोज ४, २०८१ शुक्रबार १२:५६:५९ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

युक्रेनसँगको युद्धमा दुई वर्षमा ७० हजारभन्दा बढी रुसी सैनिकको ज्यान गएको छ । युद्धमा ७० हजार १ सय १२ रुसी सैनिकको ज्यान गएको पुष्टि भएको बीबीसीले जनाएको छ । सन् २०२२ मा शुरु भएको युद्धमा अहिलेसम्मकै ठूलो सङ्ख्यामा सैनिकको ज्यान गएको पाइएको बीबीसीले गरेको अध्ययन तथ्याङ्कमा उल्लेख छ ।

ज्यान गुमाउनेमा सैनिक, अर्धसैन्य बलका लडाकु तथा हतियार बोकेका नागरिक समेत छन् । ज्यान गुमाउने रुसी सैनिकको सङ्ख्या अझै धेरै हुन सक्ने अनुमान गरिएको छ । यो सङ्ख्यामा रुसी कब्जामा रहेका दोनेत्सक तथा लुहान्स्कका मिलिसियाको विवरण समावेश गरिएको छैन ।

पुष्टि भएका मृतकमध्ये १३ हजार ७ सय ८१ स्वयंसेवक छन् । सबैभन्दा धेरै पूर्व कैदीले ज्यान गुमाएका छन् जसलाई अपराध माफी गर्ने शर्तमा रुसले युक्रेनमा लड्न पठाएको थियो । यस्तै युद्धमा मारिने युक्रेनी सैनिकको संख्या पनि निकै ठूलो रहेको अनुमान गरिएको छ । गत फेब्रअरीमा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीकले आफ्ना ३१ हजार सैनिक मारिएको बताउनुभएको थियो । 

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया