गएको वर्ष संसारभर ९ दिन भूकम्प आउनुका कारण ग्रीनल्यान्डकाे हिमपहिराे : वैज्ञानिक

 असोज ४, २०८१ शुक्रबार १५:२७:२३ | एजेन्सी
unn.prixa.net

एक वर्षअघि लगातार नौ दिनसम्म विश्वभर भूकम्पको धक्का महसूस हनुको कारण ग्रीनल्यान्डमा गएको हिमपहिरो रहेको पाइएको छ ।

सन् २०२३ को सेप्टेम्बर १६ तारिखदेखि नौ दिनसम्म विश्वभरिका भूकम्प सूचक यन्त्रहरूले भूकम्पको सङ्केत दिएका थिए । लगातार भूकम्पको सङ्केत पाएपछि अनलाइन छलफल गरेका वैज्ञानिकहरूले उपकरणमा खराबी नभई पृथ्वीमा कुनै घटना भएको निष्कर्ष निकालेका थिए । त्यसपछि १५ देशका ६८ जना वैज्ञानिक र डेनमार्कको नौसेनाले अध्ययन शुरू गरेकामा झन्डै एक वर्षको अनुसन्धानपछि कारण पत्ता लागेको हो ।

गएको हप्ता साइन्स जर्नलमा प्रकाशित अध्ययनको निष्कर्षअनुसार नौ दिनसम्म संसार हल्लाउने घटनाका पछाडि ग्रीनल्यान्डमा आएको एक विशाल पहिरो र त्यसले ल्याएको महासुनामी थियो ।

वैज्ञानिकहरूका अनुसार तापक्रम वृद्धिको असरले विश्वव्यापी स्तरमै यस्ता घटनाहरू देखिन थालेका छन् । उत्तरी ध्रुव आसपासको क्षेत्र बितेका केही दशकदेखि विश्वका अन्य भागभन्दा चार गुणा छिटो तातिरहेको छ ।

ग्रीनल्यान्डको पूर्वी भागमा रहेको एउटा हिमनदी पग्लिएर गएको वर्ष सेप्टेम्बर १६ तारिखमा दुई करोड ५० लाख क्युबिक मिटर चट्टान र बरफसहितको पहिरो पानीमा खसेको थियो । त्यहाँ दुई सय मिटर अग्लो सुनामी आएका कारण संसारभर भूकम्पको सङ्केत पाएको अध्ययनको निष्कर्षमा भनिएको बीबीसीले जनाएको छ ।

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया