भारतको सर्वाेच्च अदालतले आफ्नो युट्युब च्यानल हटायो

 असोज ४, २०८१ शुक्रबार १८:१८:४ | एजेन्सी
unn.prixa.net

तस्वीर : एजेन्सी

भारतको सर्वाेच्च अदालतले आफ्नो आधिकारिक युट्युब च्यानल हटाएको छ । सर्वाेच्च अदालतको युट्युब च्यानल ह्याक भएको र त्यसमा क्रिप्टोकरेन्सीसँग जोडिएको सामग्री देखिएपछि च्यानल नै हटाइएको बीबीसी हिन्दीले जनाएको छ ।

भारतको सर्वाेच्च अदालतले एक सूचना निकालेर आफ्नो युट्युब च्यानललाई हटाइएको र आफ्नो युट्युब च्यानलको सेवा फेरि शुरू गरिने बताएको छ । यद्दपि सर्वाेच्च अदालतले निकालेकोे सूचनामा युट्युब च्यानल ह्याक भएको थियो कि थिएन भन्नेबारेमा जानकारी नदिएको बीबीसीको खबरमा उल्लेख छ ।

यस्तै युट्युब च्यानल किन हटाइएको भन्नेबारेमा पनि सर्वोच्च अदालतले विज्ञप्तिमा जानकारी दिएको छैन ।

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया