रौतहटको राजपुर–४ मा झाडापखाला फैलियाे

 असोज ४, २०८१ शुक्रबार १८:१२:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – रौतहटको राजपुर नगरपालिका वडा नम्बर ४ मा झाडापखाला फैलिएको छ ।

वडा नम्बर ४ मा अहिलेसम्म झन्डै ३० जनाकाे सङ्ख्यामा झाडापखालाका बिरामी रहेकोमा केही उपचारपछि डिस्चार्ज भएका पालिकाको स्वास्थ्य शाखाका संयोजक खुर्शिद अहमदले जानकारी दिनुभयो । अरू बिरामीको स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । राजपुरको वडा नम्बर ३ र ९ मा पनि फट्टफुट्ट बिरामी परेका उहाँको भनाइ छ ।

झाडापखाला लागेका केही बिरामीको दिसा परीक्षण गर्ने काम भइरहेको छ । हैजाको शङ्का लागेर थप परीक्षण गर्ने काम भइरहेको संयोजक अहमदले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया