इजरायली आक्रमणमा हिजबुल्लाहाका शीर्ष सेन्य कमाण्डरसहित १२ जना वरिष्ठ अधिकारी मारिएको पुष्टि

 असोज ६, २०८१ आइतबार ६:४३:४१ | एजेन्सी
unn.prixa.net

एजेन्सी

लेबनानको राजधानी बेरुतमा इजरायली सेनाले गरेको हवाई आक्रमणमा हिजबुल्लाहका शीर्ष सैन्य कमाण्डर मारिएका पुष्टि भएको छ । लेबनानी सशस्त्र समूह हिजबुल्लाहले आक्रमणमा सैन्य कमाण्डर इब्राहिम अकिलको ज्यान गएको पुष्टि गरेको बीबीसीले जनाएको छ ।

इजरायलको आक्रमणमा १६ जना मारिएकामा तीमध्ये १२ जना हिजबुल्लाहाका बरिष्ठ सदस्य रहेका छन् । अकिलसहितका वरिष्ठ सदस्यहरुको ज्यान गएसँगै इजरायल–हिजबुल्लाह युद्ध थप चर्कने सम्भावना बढेको बीबीसीले जनाएको छ । राष्ट्रसंघीय राजनीतिक मामिला प्रमुख रोजमेरी डिकार्लोले सुरक्षा परिषदको एक सत्रमा बोल्दै पछिल्ला घटनापछि मध्यपूर्व थप द्वन्द्वको जोखिममा फसेको बताउनुभएको छ ।

गएको मङ्गलवार र बुधवार हिजबुल्लाहका पेजर र वाकीटकी विस्फोटका कारण कम्तीमा ३७ जनाले ज्यान गुमाएका थिए । तीन हजार सात सयभन्दा बढी घाइते भएका थिए । इजरायली सेनाले गएको जुलाईमा गरेको आक्रमणमा हिजबुल्लाहका सैन्य प्रमुख फुआद शुक्र मारिएका थिए । त्यसयता दुई पक्षबीच दिनहुँजसो आक्रमण चलिरहेको छ ।

यसैबीच लेवनानका प्रधानमन्त्री नजीव मिकातीले इजरायलले लेवनानमा गरिरहेको आक्रमणबारे स्पष्ट अडान लिन अन्तरर्राष्ट्रिय समुदायलाई अपिल गर्नुभएको छ । उहाँले इजरायलको आक्रमणलाई नरसंहार भन्नुभएको छ । उहाँले न्यूयोर्कमा भइरहेको राष्ट्रसंघको महासभामा भाग लिने कार्यक्रम पनि रद्द गर्नुभएको बीबीसी हिन्दीले जनाएको छ ।    

अन्तिम अपडेट: असोज ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया