मिथिला क्षेत्रमा जितिया पर्वको तयारी शुरु

 असोज ६, २०८१ आइतबार ९:४:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – मिथिलाक्षेत्रमा जितिया पर्वको तयारी शुरु भएको छ । पितृपक्ष अर्थात् (सोह्रश्राद्ध)को अष्टमी तिथिका दिन गरिने मुख्य व्रत यसपालि पर्सि मङ्गलवार परेको छ । अष्टमी तिथि टेकिएकै दिन गरिने व्रत भोलिपल्ट अष्टमी तिथि कटेर नवमीको एक घडी कटाएर मात्र समापन गरिन्छ ।

यसपालिको व्रत अवधि झन्डै ४० घण्टाको हुने र त्यसैअनुसार तयारीमा रहेको महोत्तरीको भङ्गाहा–४ रामनगरकी रसिया चौधरी थारू बताउनुहुन्छ । यो पर्वका बर्तालु आमाले आफ्ना सन्तानको कल्याणको कामनासहित उपवास गर्ने तेली कल्याण समाज नेपाल, मोरङका अध्यक्ष डा.बालकृष्ण साह बताउनुहुन्छ ।

मिथिलाका सबै जाति समुदायमा पर्वको चलन भएपनि थारू बस्तीमा भने यो पर्वको विशेष चर्चा र तयारी देखिन्छ । थारू बस्तीमा जितियाका लागि घर रङरोगन र लिपपोत पितृपक्ष शुरु हुनासाथै गर्न थालिन्छ । जितिया पर्वको ‘ओगटन’ मा दही, चिउरा खाने चलन छ । निराहार व्रत शुरु गरिएपछि समापन नहोउञ्जेल थुक निल्नु पनि नहुने धार्मिक मान्यताले यो पर्व निकै कठिन विधिको मानिन्छ ।

अन्तिम अपडेट: असोज ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया