समाचार च्यानल अल जजिराको वेस्ट ब्यांकमा रहेको कार्यालयमा इजरायली सेनाको छापा

 असोज ६, २०८१ आइतबार १३:५८:१४ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

इजरायली सेनाले वेस्ट ब्यांकमा रहेको कतारको समाचार च्यानल अल जजिराको कार्यालयमा छापा मारेको छ । वेस्ट ब्यांक प्यालेस्टाइनको क्षेत्र भए पनि इजरायलले कब्जा गरेको छ । अल जजिराको कार्यालयमा आज बिहान अत्याधुनिक हतियारसहितका सेना पुगेर ४५ दिनका लागि कार्यालय बन्द गर्न आदेश दिएका छन् ।

बिहान सेनाहरु कार्यालयमा पुग्दा अलजजिराको प्रत्यक्ष प्रसारण चलिरहेको थियो । इजरायली सैनिकहरूले अल जजिराको वेस्ट ब्यांक ब्यूरो प्रमुख वलीद अल–ओमरीलाई कार्यालय बन्द गर्ने आदेश दिएका थिए । उनीहरुको आदेश पनि प्रत्यक्ष प्रसारण भएको छ ।

ब्यूरो प्रमुख वलीद अल–ओमरी इजरायली सरकारले सत्य मेटाउन र मानिसहरुलाई सत्य सूचनाको पहुँचबाट रोक्न कार्यालयमा सेना पठाएर प्रसारण बन्द गर्न आदेश दिएको बताउनुभएको छ ।

गएको अप्रिलमा इजरायलको संसद्ले एउटा कानून पारित गरेको छ, जसमा सरकारलाई युद्धको समयमा राष्ट्रिय सुरक्षाको लागि खतरा मानिने विदेशी समाचार प्रसारकहरूलाई अस्थायी रूपमा बन्द गर्ने अधिकार दिइएको छ ।

यसअघि मे महिनाको शुरुमा नासरत र पूर्वी जेरुसेलममा पनि इजरायली सेनाले अल जजिराको कार्यालयमा छापा मारेको थियो । आज वेस्ट ब्यांकको कार्यालयमा छापा मारेको विषयमा इजरायलले अहिलेसम्म कुनै टिप्पणी गरेको छैन ।
 

अन्तिम अपडेट: असोज ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया