मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ

 असोज ६, २०८१ आइतबार १६:३१:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ । गएको बुधवार जिल्ला अदालत काठमाण्डौले प्रसाईँलाई पक्राउ गर्न अनुमति दिएपछि आज प्रहरीले पक्राउ गरेको हो ।

प्रसाइँलाई पक्राउ गर्न प्रहरी टोली उनको घर भक्तपुर पुगेपछि प्रसाईंले गेट बन्द गरेर भित्रबाट प्रहरीलाई अपशब्द बोलेका थिए । लभगभग एक घण्टासम्म पनि उनले गेट नखोलेपछि प्रहरीले पर्खालमा भर्‍याङ लगाएरै घरभित्र प्रवेश गरी पक्राउ गरेको हो ।

सामाजिक सञ्जालमा आपत्तिजनक अभिव्यक्ति दिएको र व्यक्तिको चरित्र हत्या गरेको भन्दै उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गर्न अदालतसँग अनुमति मागेको थियो । प्रसाईंसँगै युटुबर  जीवन पाण्डे र प्रकाशचन्द्र दाहालविरूद्ध अदालतबाट पक्राउ पुर्जी जारी छ ।

अन्तिम अपडेट: असोज ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया