आईसीसी विश्वकप लिग–२ मा नेपालको लगातार तेस्रो हार

 असोज ७, २०८१ सोमबार ६:४५:१६ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

आईसीसी विश्वकप लिग–२ अन्तर्गतको तेस्रो खेलमा नेपाल क्यानडासँग पराजित भएको छ । क्यानडाको किङ सिटीमा आज बिहान सकिएको खेलमा नेपाल क्यानडासँग ५ विकेटले पराजित भएको हो ।

नेपालले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याएको क्यानडाले ४२ ओभरमा ५ विकेट गुमाएर १ सय ८६ रन बनाउँदै लक्ष्य पूरा गर्‍याे । क्यानडाका लागि नाभिनित धालिवाले सर्वाधिक ८७ रन बनाए ।

नेपालका लागि सन्दीप लामिछानेले २ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४६ ओभर १ बलमा अल आउट हुँदै १ सय ८१ रन बनाएको थियो । सन्दीप लामिछानेले सर्वाधिक ४९ रन बनाए । क्यानडाका लागि कलिम सानाले ३  विकेट लिए ।

यसअघिका खेलमा नेपाल क्यानडासँग १ सय ३ तथा ओमानसँग १ विकेटले पराजित भएको थियो । त्रिदेशीय श्रृङ्खलामा अब नेपालले अन्तिम खेल भोलि ओमानसँग खेल्नेछ । ८ टोलीको सहभागिता रहेको लिग–२ मा यो जितपछि क्यानडा १४ अङ्कका साथ शीर्ष स्थानमा उक्लिएको छ ।

नेदरल्यान्ड्स १२ अङ्कका साथ दोस्रो स्थानमा छ । २ अङकका साथ नेपाल अङ्कतालिकाको पुछारबाट दोस्रोमा छ । छैटौँ स्थानमा रहेको ओमानको ५ अङ्क छ ।
 

अन्तिम अपडेट: असोज ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया