बङ्गलादेशका विश्वविद्यालयमा फेरि पठनपाठन शुरू

 असोज ७, २०८१ सोमबार ९:९:१३ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

प्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गर्ने विद्यार्थीको नेतृत्वमा भएको आन्दोलनका कारण एक महिनाभन्दा  लामो समयसम्म बन्द भएको बङ्गलादेशका विश्वविद्यालयहरुमा पठनपाठन शुरू भएको छ  । विद्यार्थीहरू हिजोदेखि  कक्षामा फर्किएका छन् ।

रोजगारी आरक्षणको विरोधमा हसिनाको १५ वर्षको कठोर शासनको अन्त्य गर्न राष्ट्रव्यापी सङ्घर्षमा परिणत भएपछि हजारौँले ढाकामा रहेका क्याम्पस र वरपरको क्षेत्रहरूमा प्रदर्शन गरेका थिए  । जुलाईमा विरोध प्रदर्शन बढ्दै गएपछि अधिकारीहरूले क्याम्पस परिसर बन्द गरेका थिए ।

हिजोदेखि क्याम्पसहरुमा फेरि कक्षा भरिन थालेका र विश्वविद्यालय परिसरमा विद्यार्थी, शिक्षक र कर्मचारीको चहलपहल बढेको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । यसअघि हसिना समर्थित प्रशासकहरूले राजीनामा दिएका चार–पाँच विभागबाहेक सबैमा फेरि कक्षा शुरू भएको समाचारमा उल्लेख छ ।

विद्यार्थीले स्वतन्त्रत भएर कक्षामा उपस्थित हुन र निर्धक्क अभिव्यक्त दिन  सक्ने महशुस गरेको प्रतिक्रिया दिएका छन् । 

अन्तिम अपडेट: असोज ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया