लेबनानमा इजरायली आक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ४ सय ९२ पुग्यो

 असोज ८, २०८१ मंगलबार ६:२९:४५ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

लेबनानमा इजरायलले गरेको पछिल्लो आक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ४ सय ९२ पुगेको छ । हिजो बिहानदेखिको इजरायली आक्रमणबाट १ हजार ६ सय ४५ जना घाइते भएका लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ज्यान गुमाउनेमा ३५ जना बालबालिका र ५८ जना महिला रहेका अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

मन्त्रालयका अनुसार इजरायलले हिजबुल्लाहविरुद्ध सबैभन्दा ठूलो हवाई आक्रमण गरेको हो जुन सन् १९७५ देखि १९९० सम्म चलेको गृहयुद्धपछि हिंसाको सबैभन्दा घातक दिन हो । तीव्र आक्रमण हुन थालेपछि दशौँ हजार नागरिक दक्षिणी लेबनानबाट भागेका छन् ।

इजरायलले हिजबुल्लाहमाथि लगातार  मिसाइल र  रकेट प्रहार गरिरहेको  दाबी गरेको छ । हिजबुल्लाहल पनि इजरायलमा रकेट प्रहार गरेको बताएको छ  । लेवनानका प्रधानमन्त्री नजिब मिकातीले सरकारले हिंसा र युद्ध रोक्न प्रयास गरे पनि असफल भएको बताउनुभएको छ ।

उहाँले आक्रमणका कारण कूटनीतिक, मानवीय, स्वास्थ्य, सुरक्षा र नागरिकको जीविकोपार्जनको सन्दर्भमा कमजोर बेरुतको बन्दरगाह,दक्षिण लेवनान र बेका भ्यालीबाट नागरिकहरु विस्तापित भइरहेका बताउनुभयो । बढ्दो हिंसाप्रति संयुक्त राष्ट्र सङ्घ र मध्यपूर्वी देशहरु चिन्तित  भएका छन् ।
 

अन्तिम अपडेट: असोज ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया