राजस्थान जाँदै गरेको बस नवलपुरको विनयी त्रिवेणीमा दुर्घटना : २३ जना घाइते

 असोज ८, २०८१ मंगलबार ७:१४:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डौ – पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी त्रिवेणीमा यात्रु बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् ।

काठमाण्डौबाट भारतको राजस्थानका लागि छुटेको बस विनयी त्रिवेणी–१ विनयीखोला नजिक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

नवलपुरका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार आज बिहान आरजे १४ पिसी ३५४५ नम्बरको बस अनियन्त्रित भएर सडकमा पल्टिएको हो ।

उहाँका अनुसार बसमा ४५ जना यात्रु रहेकोमा अरु अवस्था सामान्य छ । घाइतेको स्थानीय विनयी त्रिवेणी आधारभूत अस्पतालमा उपचार भइरहेको छ ।   
 

अन्तिम अपडेट: असोज ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया