स्पेनिस ला लिगामा मार्लोकाले रियल वेटिसलाई हरायो

 असोज ८, २०८१ मंगलबार ९:४३:३९ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

स्पेनिस ला लिगा फुटबलमा मार्लोकाले रियल वेटिसलाई हराएको छ । रियल वेटिसको घरेलु मैदान वेटिनो भिल्लामारिनमा गएराति भएको खेलमा मार्लोका २–१ ले विजयी भएको हो ।

मार्लोकाको जीतमा खेलको ८ औँ मिनेटमा ड्यानी रोड्रिग्युजले र इन्जुरी समयमा भ्यालेरी फर्नानडेजले गोल गरे । रियल वेटिसका गियोधानी लो चेल्सोले खेलको ७ औँ मिनेटमा गोल गरी टोलीलाई अग्रता दिलाएका थिए । तर रियलले अग्रता जोगाउन सकेन ।

ला लिगामा १८ अङ्कका साथ बार्सिलोना शीर्ष स्थानमा छ । मार्लोका पाँचौँ र रियल वेटिस ११ औँ स्थानमा छ । 
 

अन्तिम अपडेट: असोज ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया