भक्तपुरको नेपाल कोरिया मैत्री नगर अस्पतालले बीमा वापतको भुक्तानी पाउन सकेन

 असोज ८, २०८१ मंगलबार १०:१:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले सञ्चालन गरेको नेपाल कोरिया मैत्री नगर अस्पतालमा बीमा बापतको रकम भुक्तानी नहुँदा अस्पतालको सेवा बन्द हुने अवस्थामा पुगेको छ ।

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.डिके रौशनले लामो समयदेखि स्वास्थ्य बीमाको रकम भुक्तानी नपाउँदा बिरामीको लागि खरिद गर्नुपर्ने औषधि खरिददेखि डाक्टर,नर्सलगायतको तलबभत्ता दिन समस्या परेको बताउनुभयो । उहाँले अस्पतालको सेवा नै बन्द गर्नुपर्ने अवस्थामा पुगेको समेत बताउनुभयो ।

नेपाल कोरिया नगरपालिका अस्पतालले स्वास्थ्य बीमा वापतको २१ करोड ५७ लाख रुपैयाँ भुक्तानी प्राप्त गर्न बाँकी रहेको जनाएको छ । दैनिक नौ सय जना बिरामीलाई सेवा दिँदै आएको अस्पताल बीमा रकम नपाएकै कारण सेवा बन्द हुने अवस्थामा पुगेको र मेडिकल उपकरणसमेत खरिद गर्न नसकेको उहाँले बताउनुभयो ।

डा.रौशनले दशैँअघिसम्म पैसा नआए कर्मचारीलाई दशैँको मुखमा तलब र दशैँ भत्ता दिन नसक्ने बताउनुभयो ।
 

अन्तिम अपडेट: असोज ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया