सिस्नेरी–दक्षिणकाली सडक खण्ड आजदेखि असोज १९ गतेसम्म बन्द

 असोज ८, २०८१ मंगलबार १२:९:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

मकवानपुर – सिस्नेरी–दक्षिणकाली सडक खण्डमा आजदेखि १२ दिन गाडी चलाउन रोक लगाइएको छ ।

बाग्मती प्रदेशको राजधानी हेटौँडाबाट सङ्घीय राजधानी काठमाण्डौ जोड्ने छोटो दूरीको सिस्नेरी–दक्षिणकाली खण्डअन्तर्गत पर्ने दक्षिणकाली–छैमले खण्ड कालोपत्र गर्न आउँदो असोज १९ गतेसम्म गाडी चलाउन रोक लगाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।

सडक बन्द हुँदा गाडीलाई वैकल्पिक बाटो कुलेखानी–फाखेल–मातातीर्थ सडक खण्ड, कान्ति लोकपथ सडक खण्ड, त्रिभुवन राजपथ, नारायणगढ–मुग्लिन सडक खण्ड प्रयोग गर्न अनुरोध गरिएको उहाँको भनाइ छ ।

अन्तिम अपडेट: असोज ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया