उदयपुर, बारा, मकवानपुर, सिन्धुपाल्चोकलगायतका जिल्लामा वर्षा : यस्तो छ तीन दिनको बाढी जोखिम

 असोज ८, २०८१ मंगलबार १२:३५:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – उदयपुर, बारा, मकवानपुर, सिन्धुपाल्चोकलगायतका जिल्लामा पानी परेको छ । ती क्षेत्र भएर बग्ने नदी तथा खोलामा जलसतह बढ्न सक्ने भएकाले तटीय क्षेत्रमा सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

महाशाखाका अनुसार आज झापा, इलाम, पाँचथर, डोटी, कैलाली, कञ्चनपुर, डडेलधुरा र आसपासका जिल्ला भई बहने साना नदीमा बहाव बढ्ने तथा केही ठाउँमा आकस्मिक बाढीको मध्यम जोखिम रहने पूर्वानुमान छ ।

त्यस्तै भोलि र पर्सि कोशी, बाग्मती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम भई बहने स–साना नदीमा बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहने अनुमान छ ।

त्यस्तै पर्सि कोशी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीहरू साथै कन्काई, कमला, बाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह उल्लेख्य बढ्ने पूर्वानुमान भएकाले त्यस क्षेत्रका बासिन्दालाई पनि आवश्यक तयारी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

अन्तिम अपडेट: असोज ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया