भारतका प्रधानमन्त्री मोदी र युक्रेनका राष्ट्रपति जेलेन्स्कीबीच भेटवार्ता

 असोज ८, २०८१ मंगलबार १३:११:६ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच अमेरिकामा भेटवार्ता भएको छ । दुई नेताबीच पछिल्लो एक महिनामा यो दोस्रो भेट हो । मोदीले गएको अगस्ट २३ मा युक्रेनको भ्रमण गर्नुभएको थियो ।

संयुक्त राष्ट्रसङ्घको शिखर सम्मेलनमा सहभागी हुन अमेरिकामा रहेका मोदी र जेलेन्स्कीबीच न्युयोर्कमा भेटवार्ता भएको हो । भेटमा दुवै नेताबीच द्विपक्षीय सम्बन्ध र युक्रेनको अवस्थाबारे छलफल भएको भारतीय विदेश मन्त्रालयले सामाजिक सञ्जालमार्फत जानकारी दिएको हो । मोदीले युक्रेनमा भइरहेको सङ्कटलाई वार्ता र कूटनीतिबाट समाधान गर्ने भारतको चाहना रहेको बताउनुभएको बीबीसी हिन्दीले लेखेको छ ।

पछिल्लो समय भारतको हतियार युक्रेनले रुसविरुद्ध प्रयोग गरेको भन्ने समाचार आएपछि उहाँहरूको भेटलाई नजिकबाट हेरिएको छ । तर भारतले यस विषयको खण्डन गरिसकेको छ । मोदीले अमेरिकी राष्ट्रपति जो बाइडेनलगायत विभिन्न देशका नेताहरूसँग पनि भेट गर्नुभएको छ ।

अन्तिम अपडेट: असोज ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया