विश्वका सबैजसो महासागर प्रदूषित हुँदा समुद्री जीव र वनस्पति सङ्कटमा

 असोज ८, २०८१ मंगलबार १५:१७:५० | एजेन्सी
unn.prixa.net

तस्वीर : एजेन्सी

विश्वका सबैजसो महासागरहरू प्रदूषित हुँदा समुद्री जीव र वनस्पति सङ्कटमा पर्न थालेका एक अध्ययनले जनाएको छ । पृथ्वीमा बढ्दो विषादीको प्रयोग, कार्बन उत्सर्जन र प्लास्टिकको प्रयोगले गर्दा समुद्रको पानीमा अम्लीयपन बढेको पोट्सडाम इन्स्टिच्युट फर क्लाइमेट इम्प्याक्ट रिसर्च (पीआईके) को प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनले समुद्रको जीवनलाई निरन्तरता दिने क्षमता कायम राख्न महत्त्वपूर्ण नौ वटा कारकको विवरण दिएको छ । यीमध्ये ६ वटा कारक मानवीय गतिविधिका कारण यसअघि नै असुरक्षित भइसकेका छन् । समुद्रको अम्लीयपनका कारण सातौं कारक पनि भङ्ग हुन सक्ने रिपोर्टले चेतावनी दिएको छ

 समुद्रमा प्रदूषण बढ्दै जाँदा प्राकृतिक प्रजातिहरूको हानि, प्राकृतिक वासस्थान र ताजा पानीमा क्षति लगायतका समस्या बढ्न थालेका छन् । समुद्रको पानीमा अम्लीयपन बढ्नुमा सबैभन्दा ठूलो भूमिका कार्बन उत्सर्जनको रहेको छ ।

तेल, कोइला र ग्यास जस्ता जीवाश्म इन्धनहरू जलाएर सिर्जना गरिएको वायु प्रदूषण वायुमण्डलसम्म पुगेको र वर्षा हुँदा त्यो प्रदूषण समुद्रमा मिसिने गरेको छ । यस्तै विभिन्न फोहोर सिधै पनि समुद्रमा पुग्ने गरेको छ ।

समुद्री जीव र वनस्पति बचाइराख्न पहिलो कदमका रूपमा अम्लीयपनमा कमी ल्याउनुपर्ने र त्यसका लागि कार्बन उत्सर्जन हुने गतिविधि घटाउन रिपोर्टले सुझाव दिएको छ ।

अन्तिम अपडेट: असोज ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया