इजरायलको आक्रमणबाट लेबनानमा २ दिनमै ५ सय ५० जनाभन्दा धेरैको ज्यान गयो

 असोज ८, २०८१ मंगलबार १८:६:४७ | एजेन्सी
unn.prixa.net

तस्वीर : राेयटर्स

इजरायलले लेबनानमा हिजो र आज गरेको आक्रमणमा ज्यान गुमाउनेको सङ्ख्या पाँच सय ५८ जना पुगेको छ । हिजो एकैदिन चार सय ९२ जना र आजसमेत गरी पाँच सय ५८ जनाको ज्यान गएको लेबनानको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

हिजो इजरायलले लेबनानमा गरेको आक्रमण र क्षति सन् १९९० मा सकिएको गृहयुद्धपछिको सबैभन्दा ठूलो रहेको लेबनानी स्वास्थ्य मन्त्रालयले जनाएको छ । दुई दिनको आक्रमणमा एक हजार आठ सय ३५ जना घाइते भएका छन् । तीव्र आक्रमण हुन थालेपछि दशौं हजार नागरिक दक्षिणी लेबनानबाट भागेका छन् ।

इजरायलले हिजबुल्लाहमाथि लगातार मिसाइल र रकेट प्रहार गरिरहेको छ भने हिजबुल्लाहले पनि इजरायलमा रकेट प्रहार गरेको बताएको छ । हिजबुल्लाहका एक हजार तीन सय वटाभन्दा धेरै केन्द्रमा आक्रमण गरेको इजरायलले जनाएको छ ।

अहिले पूर्ण युद्धको अवस्था रहेको र सरकारले हिंसा रोक्न प्रयास गरे पनि असफल भएको लेबनानका प्रधानमन्त्री नजिब मिकातीले बताउनुभएको छ । बढ्दो हिंसाप्रति संयुक्त राष्ट्रसङ्घ र मध्यपूर्वी देशहरूले चिन्ता व्यक्त गरेका छन् ।

यसैबीच लेबनानका प्रधानमन्त्री नजीब मिकाती राष्ट्रसङ्घीय सभामा भाग लिन अमेरिका जाने हुनु भएको छ । यसअघि इजरायलको आक्रमणका कारण भ्रमण रद्द गरेकोमा आक्रमण बढेपछि त्यसलाई रोक्ने पहलका लागि पनि महासभा उपयुक्त हुने भन्दै प्रधानमन्त्री मिकाती अमेरिका जान लाग्नुभएको बीबीसीले जनाएको छ ।

अन्तिम अपडेट: असोज ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया