दशैँका लागि असाेज १२ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने

 असोज ८, २०८१ मंगलबार १८:१४:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – दशैँका लागि सार्वजनिक गाडीको अग्रिम टिकट बुकिङ यही असोज १२ गते शनिवारदेखि खुल्ने भएको छ ।

यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको नेतृत्वमा बसेको आजकाे बैठकले अग्रिम टिकट बुकिङकाे मिति तय गरेको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले उज्यालोलाई जानकारी दिनुभयो । दशैँका लागि कति वटा गाडी चलाउने भन्नेबारे यातायात व्यवसायी महासङ्घले केही दिनमा निर्णय गर्ने उहाँले बताउनुभयो ।

यसअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आयोजना गरेको बैठकमा घटस्थापना अगाडि नै सडकका खाल्डाखुल्डी पुरेर सुरक्षित पार्ने, चाडबाडपछि भाडा समायोजन गर्नेसहितका सहमति भई अग्रिम बुकिङ खुलाउने निर्णय भएको थियो ।

यस वर्षको दशैँ यही असोज १७ गते बिहीवारदेखि शुरू हुँदैछ । दशैँकाे मुख्य दिन विजयादशमी असाेज २६ गते शनिवार परेकाे छ ।

अन्तिम अपडेट: असोज ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया