श्रीलङ्काका नवनिर्वाचित राष्ट्रपतिद्वारा नयाँ मन्त्रीमण्डल गठन, प्रधानमन्त्रीमा अमरसुरिया नियुक्त

 असोज ९, २०८१ बुधबार ६:५२:५७ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

श्रीलङ्काका नयाँ वामपन्थी राष्ट्रपति अनुरा कुमारा दिसानायकेले मन्त्रीमण्डल गठन गर्नुभएको छ । राष्ट्रपति दिसानायकेले ठूलो जीत हासिल गरेपछि पदभार ग्रहण गरे लगत्तै नयाँ मन्त्रीमण्डल गठन गर्नुभएको हो ।

श्रीलङ्काको २ सय २५ सदस्यीय संसदमा अहिले उहाँको पार्टी नेशनल पीपुल्स पावर (एनपीपी) गठबन्धनको तर्फबाट जम्मा तीन जना सांसद छन् । तर सन् २०२२ को आर्थिक मन्दीले श्रीलङ्काका लाखौँ नागरिकलाई प्रभावित पारेको र आईएमएफको उद्धार योजनाको पीडादायी कार्यान्वयनपछि उहाँप्रतिको समर्थन बढेको थियो ।

आर्थिक सङ्कटको समना गरिरहेको श्रीलङ्काका लागि ५४ वर्षीया सांसद हरिनी अमरसुरिया न्याय, शिक्षा, स्वास्थ्य र श्रमको अतिरिक्त विभागसहित प्रधानमन्त्रीको रूपमा नियुक्त हुनुभएको बीबीसीले जनाएको छ ।

चार वर्षअघि पहिलोपटक संसदमा निर्वाचित हुनुभएकी अमरसुरिया लैङ्गिक समानता र अल्पसङ्ख्यक अधिकारका मुद्दाहरूमा सक्रियताका लागि परिचित हुनुहुन्छ । श्रीलङ्कामा महिला प्रधानमन्त्री चयन भएको यो तेस्रो पटक हो ।

उहाँ र बाँकी दुई जेभीपीका सांसदले सबै मन्त्रीका जिम्मेवारी बहन गर्ने र संसद विघटन भएपछि कार्यवाहक मन्त्रीको रूपमा पनि काम गर्ने बीबीसीको खबरमा उल्लेख छ । आफ्नो कार्यकालमा श्रीलङ्काको इतिहासमा सबैभन्दा सानो मन्त्रीमण्डल हुने राष्ट्रपति दिसानायकेले बताउनुभयो ।

अन्तिम अपडेट: असोज ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया