इजरायली आक्रमण ‘नरसंहार’ भएको लेबनानको प्रतिक्रिया

 असोज ९, २०८१ बुधबार ९:३१:३४ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

लेबनानको स्वास्थ्य मन्त्रालयले आफ्नो देशमा भइरहेको आक्रमणका घटनालाई इजरायली ‘नरसंहार’ भएको प्रतिक्रिया दिएको छ । दुई दिनदेखि लेबनानमा हिजबुल्लाह समूहलाई लक्षित गरी इजरायलले आक्रमण बढाएपछि कयौँ व्यक्तिले ज्यान गुमानुका साथै लेबनानका अस्पतालहरू घाइतेहरूले भरिएका बीबीसीले जनाएको छ ।

इजरायली आक्रमणमा पछिल्लो दुई दिनमा मात्रै अहिलेसम्म ५ सय ५० जनाभन्दा धेरै मानिसको ज्यान गएको छ । ज्यान गुमाउनेमा महिला र बालबालिका समेत रहेका खबरमा उल्लेख छ ।

हिजोको आक्रमणमा हिजबुल्लाहका रकेट फोर्सका प्रमुखलाई मारेको इजरायली सेनाले दाबी गरेको छ । हिजबुल्लाहले ३ सय रकेट प्रहार गरेको भए पनि लेवनानमा जस्तो क्षति इजरायलमा नभएको तर केही सेना घाइते भएका इजरायलको भनाइ छ ।

यसैबीच, पश्चिम एशियाको इजरायल–लेबनान सीमा क्षेत्रबाट लाखौँ नागरिक विस्थापित भएका छन् । गएको वर्ष अक्टोबर ७ देखि इजरायल–हमास सङ्घर्ष शुरू भएदेखि नै सीमा क्षेत्रबाट लेबनानका मानिसहरू विस्थापित हुन थालेका थिए । त्यसयता अहिलेसम्म दुई लाख लेबनानीहरू विस्थापित भइसकेका बीबीसीको खबरमा उल्लेख छ । 
 

अन्तिम अपडेट: असोज ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया