श्रीलङ्कामा नवनियुक्त राष्ट्रपतिद्वारा संसद् विघटन : नोभेम्बर १४ तारिखका लागि संसदीय चुनाव तय

 असोज ९, २०८१ बुधबार १०:५०:५५ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

श्रीलङ्काका नवनियुक्त राष्ट्रपति अनुरा कुमारा दिसानायकेले संसद् विघटन गर्नुभएको छ । उहाँले गएराति संसद् विघटन गर्नुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

सरकारी राजपत्रमा प्रकाशित सूचनाअनुसार श्रीलङ्कामा अब आउँदो नोभेम्बर १४ तारिखमा संसदीय चुनाव हुनेछ । यसअघि हिजो राष्ट्रपति दिसानायकेले डा.हरिनी अमरसुरियालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।

राष्ट्रपति दिसानायकेले आज राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी छ । गएको शनिवार श्रीलङ्कामा नयाँ राष्ट्रपति चयन गर्न मतदान भएको थियो । मतदानबाट दिसानायके राष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो ।

अन्तिम अपडेट: असोज ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया