तिब्बतसँग सिमाना जोडिएको कोरला नाकामा सञ्चार सुविधा विस्तार

 असोज ९, २०८१ बुधबार १२:१२:१२ | रासस
unn.prixa.net

तस्बिर : रासस

म्याग्दी – तिब्बतसँगको सिमाना जोडिएको कोरला नाकामा सञ्चार सुविधा विस्तार भएको छ । नेपाल टेलिकम बाग्लुङका प्रमुख सन्तोष बरालका अनुसार कोरला नाकामा टु जी र फोर जी इन्टरनेट तथा मोबाइल फोन सेवा सञ्चालनका लागि बीटीएस टावर स्थापना गरी सेवा विस्तार भएको हो ।

मुस्ताङको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले सञ्चार सुविधा विस्तार भएसँगै स्थानीय बासिन्दासँगै व्यापारी, सुरक्षाकर्मी, भन्सारका कर्मचारी, पर्यटक र कोरला नाका पुग्ने जो कोहीलाई सञ्चारमा सहज भएको बताउनुभयो । एक वर्षअघि सञ्चालनमा आएको कोरला नाकामा गएको वैशाखमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार भएको थियो ।

नाकामा गण्डकी प्रदेश सरकारको लगानीमा गएको साउनमा निर्माण भएका भवनमा अध्यागमन, भन्सार, सुरक्षा निकायको कार्यालय स्थापना गर्ने तयारी भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताउनुभयो ।

मुस्ताङको लोमान्थाङ, वारागुङ मुक्तिक्षेत्र, घरपझोङ, थासाङ, लोघेकर र दामोदरकुण्ड गाउँपालिकाका बासिन्दा तिब्बतको नेचुङ–लिचीसम्म व्यापार गर्न नियमित रूपमा आवतजावत गर्दै आएका छन् ।

अन्तिम अपडेट: असोज ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया