गाउँ फर्कनेलाई पर्वतकाे महाशिलाले ६ महिनाकाे खाद्यान्न खर्चसहित १ लाख रुपैयाँ अनुदान दिने

 असोज ९, २०८१ बुधबार १५:२७:४९ | रासस
unn.prixa.net

पर्वत – पर्वतको महाशिला गाउँपालिकाले गाउँ फर्कनेलाई खाद्यान्न खर्चसहित एक लाख रुपैयाँ अनुदान दिने भएको छ ।

आफू बसेको गाउँठाउँ छाडी अन्यत्र बसाइँ सरेकाहरू पुरानै ठाउँमा फर्किएमा एक लाख रुपैयाँ अनुदान ६ महिनालाई पुग्ने खाद्यान्न खर्च दिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष ईश्वरीप्रसाद भुसालले बताउनुभयो । गाउँलेहरू बसाइँ सरेर अन्यत्र जान थालेपछि पालिकाले यस्तो कार्यक्रम ल्याएको गाउँपालिकाका अध्यक्ष भुसालकाे भनाइ छ ।

गाउँपालिकाले चालू आर्थिक वर्षदेखि यस्तो कार्यक्रम लागू गरिसकेको छ । गाउँ फर्केकाहरूलाई आफ्नो खेतबारीमा अन्न फलाउन कम्तीमा ६ महिना लाग्ने भएकाले उनीहरूको परिवारका सदस्यहरूको भरणपोषणका निम्ति गाउँपालिकाले नै खाद्यान्न उपलब्ध गराउने छ । गाउँपालिकाले चामल, दाल, तेल, तरकारीका निम्ति पनि अनुदान दिने जनाएकाे छ ।

अध्यक्ष भुसालका अनुसार एक वर्षमा महाशिला गाउँपालिकाबाट ९३ परिवारका तीन सय २५ जना बसाइँ सरेका छन् ।

अन्तिम अपडेट: असोज ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया