राष्ट्र बैंकले नयाँ आधार वर्ष बनाएर ‘उपभोक्ता मूल्य सूचकाङ्क’ सार्वजनिक गर्ने

 असोज ९, २०८१ बुधबार १८:२५:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल राष्ट्र बैंकले नयाँ आधार वर्ष बनाएर ‘उपभोक्ता मूल्य सूचकाङ्क’ सार्वजनिक गर्ने भएको छ । राष्ट्र बैंकले पत्रकार सम्मेलन गरेर आर्थिक वर्ष २०८०/८१ लाई नयाँ आधार वर्ष मानेर सूचकाङ्क सार्वजनिक गर्न लागेको जनाएको हो ।

यसअघि राष्ट्र बैंकले २०७१/७२ लाई आधार वर्ष मान्ने गरेको थियो । यस्तै राष्ट्र बैंकले यसअघि चार सय ९६ वस्तुको मूल्य सङ्कलन गर्ने गरेकोमा अब पाँच सय २५ वटा वस्तुको मूल्य सङ्कलन गर्न लागेको गभर्नर महाप्रसाद अधिकारीले बताउनुभयो । यस्तै यसअघि ५० वटा जिल्लालाई मात्र समेट्ने गरेकोमा अब सबै जिल्लालाई समेट्न लागेको उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: असोज ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया