मेलम्चीको पानी दशैँअघि काठमाण्डौ उपत्यका आउने सम्भावना कम

 असोज १०, २०८१ बिहीबार ८:५९:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – मेलम्ची खानेपानी विकास समितिले आजदेखि काठमाण्डौ उपत्यकामा  मेलम्चीको पानी पठाउने तयारी गरेको भए पनि पानी नआउने भएको छ ।

मेलम्ची खानेपानी बाढीपीडित संघर्ष समितिले आफ्ना माग पूरा नभई पानी लैजान नदिने घोषणा गरेपछि दशैँअघि मेलम्चीको पानी आउने सम्भावना कम भएको हो । केही दिनदेखि भइरहेको वर्षाले पनि पानी काठमाण्डौ ल्याउन समस्या हुने देखिएको छ ।

२०७८ असार र साउनमा आएको बाढीले आयोजनाको मुख्य हेडवक्र्सभन्दा तल्लो क्षेत्रका मुख्य सडक, झोलुङ्गे पुल, पुलेसा, पाटीपौवा, बस्ती, हजारौँ रोपनी खेतीयोग्य जमिन, होटेल, पसल, व्यवसाय तहसनहस भएका भएका थिए ।

हेलम्बुवासीले प्राकृतिकसँगै मानवीय जोखिमसमेत व्यहोर्नुपरिरहेको भन्दै सरकारसँग क्षतिपूर्तीसंगै विभिन्न माग राखेका थिए । तर सरकारले बेवास्ता गरेको भन्दै त्यहाँका बासिन्दाले बिरोध गरेका छन् । 

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया