धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि तीन जनालाई पुनः अन्तर्वार्तामा बोलाइयो

 असोज १०, २०८१ बिहीबार १०:२८:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि आवेदन दिएर सर्टलिस्टमा परेका तनि जनालाई व्यावसायिक कार्ययोजना प्रस्तुत गर्न र अन्तरवार्ता दिन अर्थ मन्त्रालयले गठन गरेको सिफारिस समितिले पुनः बोलाएको छ ।

यसअघि सर्टलिस्टमा परेका तर अन्तर्वार्ता तथा कार्यप्रस्तुतिमा सहभागी नभएका तीन जना उम्मेदवारलाई समितिले असोज १८ गते बिहान ८ बजे अर्थ मन्त्रालयमा बोलाएको हो । जसमा नेपाल स्टक एक्सचेञ्ज नेप्सेका सीईओ कृष्णबहादुर कार्की, बीमा प्राधिकरणका पूर्वअध्यक्ष चिरञ्जिवी चापागाईँ र धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारी रहेका छन् ।

यसअघि बोर्ड अध्यक्ष नियुक्त गर्न छनोट समितिले पाँच जनाको नाम तयार पारेको थियो । सन्तोष नारायण श्रेष्ठ र धितोपत्र बोर्डका अर्का कार्यकारी निर्देशक मुक्ती श्रेष्ठले अन्तवार्ता दिइसकेका छन् । तर अन्तर्वार्ता तथा कार्यप्रस्तुतिमा तीन जना उम्मेदवार सहभागी नभएपछि समितिले नाम सिफारिस गर्न सकेको थिएन ।

त्यसपछि सरकारले नियुक्तिका लागि नयाँ प्रक्रिया शुरु गर्ने तयारी गरेको थियो । तर सर्वोच्चले पुरानै प्रक्रियाबाट अध्यक्ष नियुक्ति गर्न बाटो खुला गरेपछि सरकारले पुनः प्रक्रिया अघि बढाएको हो । 

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया