कुलेखानी जलविद्युतको जलाशय भरिएसँगै पानी छोड्न थालियो

 असोज १२, २०८१ शनिबार ७:१४:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – मकवानपुरको कुलेखानी जलविद्युत् आयोजनाको जलाशय भरिएसँगै पानी छोड्न थालिएको छ । कुलेखानीको पानी कुलेखानी र सिस्नेरी खोला हुँदै बागमती भएर बग्छ ।

त्यसैले मकवानपुरका भीमफेदी, इन्द्रसरोबर, बागमती गाउँपालिका, सिन्धुलीको हरिहरपुरगढी क्षेत्र रौतहटको नुनथर, चन्द्रपुर, सर्लाहीको तटीय क्षेत्र आसपासका बासिन्दालाई सचेत रहन आग्रह गरिएको छ ।

सतर्कताको लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरले आवश्यक तयारीसहित तल्लो तटीय क्षेत्रमा माइकिङ गरेको छ । निरन्तर ठूलो पानी परेको र पानी पर्ने क्रम नरोकिएपछि यसअघि हिजो बेलुका नै ड्यामको ढोका खोल्नुपर्ने अवस्था आउने भन्दै नेपाल विद्युत् प्राधिकरण कुलेखानी प्रथम जलविद्युत केन्द्रले जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई पत्राचार गरेको थियो । 

जलशायमा पानीको सतह भरिएर बाहिर जान थालेपछि बिहान पौने ६ बजेदेखि बाँधमा रहेका दुईवटा ढोका (गेट) आंशिक रूपमा खोलिएको छ । पानीको सतह बढ्न थालेपछि हिजोदेखि ने ६० मेगावाटको विद्युत गृहलाई निरन्तर रूपमा पूर्ण क्षमता चलाइएको छ । पूर्ण क्षमतामा चलाउँदा पनि जलाधार क्षेत्रमा अविरल वर्षाका कारण जलाशयको पानी भण्डार गर्ने क्षमता भरिएको हो ।

कुलेखानीको क्षमता कूल एक हजार पाँच सय ३० मिटर छ ।  तर जलाशययमा पानीको तह समुद्र सतहबाट एक हजार पाँच सय ३० दशमलव ९३ मिटर पुगेको छ । केन्द्र प्रमुख भट्टका अनुसार, पानीको तह एक हजार पाँच सय ३० दशमलव ३५ मिटर पुगेपछि नै बाँधका ढोका आंशिक रूपमा खोलिएको हो ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चितुवालले बाँध माथिबाट पानी बग्न थालेपछि सुरक्षालाई ख्याल गरेर बिहानै ढोका खोलिएको जानकारी दिनुभयो । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र कुलेखानीका प्राविधिकको टोलीको सहभागितामा जलाशयको ढोका खोलिएको उहाँको भनाइ छ ।

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया