काठमाण्डौ उपत्यकाका विभिन्न बस्ती र सडक जलमग्न

 असोज १२, २०८१ शनिबार ७:२६:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – हिजोदेखिको लगातार वर्षाले काठमाण्डौ उपत्यकाका बिभिन्न बस्ती र सडक जलमग्न भएका छन् । बागमती, विष्णुमती, खोकना, बल्खुखोला, धोबीखोला, कर्मनाशा, मनोहरा लगायतका खोला किनाराका बस्ती डुबानमा परेका हुन् । खोकना, गौरीघाट, नख्खु, बलम्बु, गोंगबु बसपार्क क्षेत्रमा बाढी पसेको छ । कुलेश्वरको खाद्य गोदाममा बाढी पसेर क्षति भएको प्रहरीले जनाएको छ ।

ललितपुरको इमाडोल र कुसुन्ती क्षेत्रमा पनि केही घरमा बाढी पसेको छ । नक्खु खोला र बागमती खोलाको दोभानमा पनि केही घर डुबानमा परेको छ । कीर्तिपुरको सुन्दरीघाट तथा बलम्बुको बालकुमारी बस्तीमा पनि बाढी पसेको छ ।

मौसम पूर्वानुमान महाशाखाले नदी तटीय क्षेत्रमा डुबान तथा बाढीको उच्च जोखिम रहेको भन्दै आज दिउँसोसम्म नै उच्च सतर्कता अपनाउन अपिल गरेको छ । यस्तै विभिन्न ठाउँका सडक पनि जलमग्न भएका छन् । पानीको उचित निकास नहुँदा कतिपय सडक खोला र पोखरीजस्ता भएका छन् । जलमग्न सडकमा गाडी चलाउन र हिँडडुल गर्न पनि समस्या भएको छ ।

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया