एक सयभन्दा धेरै केन्द्रमा सतर्कता तहभन्दा बढी वर्षा

 असोज १२, २०८१ शनिबार ८:४:५ | उज्यालो सहकर्मी
unn.prixa.net

रासस

काठमाण्डौ – हिजोदेखिको लगातार वर्षाले देशका सबै नदी र खोलामा बाढी आएको छ । एक सयभन्दा धेरै वर्षामापन केन्द्रमा सतर्कता तह भन्दा बढी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

कोशी, नारायणी, बागमती, पश्चिम राप्ती, तिनाउ, बाणगङ्गा, मेची, कन्काइ, लालबकैया लगायतका नदी र ती नदीका सहायक नदी तथा खोलामा बाढीले सतर्कता तह पार गरेको छ । अरू नदी खोलामा पनि बाढी आएकाले उच्च सावधानी अपनाउन मौसम विभागले आग्रह गरेको छ ।

विभागले बाढीको जोखिम क्षेत्रमा रहेका बासिन्दालाई सुरक्षित ठाउँमा जान र सतर्क भएर बस्न आग्रह गरेको छ । त्यस्तै अनावश्यक यात्रा नगर्न, होचो भू–भागमा भए सुरक्षित र उचाइमा रहेको ठाउँमा जान तथा बाढीका सूचनाबारे अपडेट रहन विभागले आग्रह गरेको छ ।

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया