काभ्रे र पाँचथरमा पहिरोमा परेर ४ जनाको ज्यान गयो, काभ्रेमा ५ र धनकुटामा २ जना बेपत्ता

 असोज १२, २०८१ शनिबार ८:२७:४० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – काभ्रे र पाँचथरमा पहिरोमा परेर चार जनाको ज्यान गएको छ । काभ्रेको तेमाल गाउँपालिका–७ का भिम बहादुर तामाङको घर पहिरोले पुरिँदा ५० वर्षीया पातली तामाङ र ४० वर्षीया नक्कली तामाङको ज्यान गएको प्रहरीले जनाएको छ ।

यस्तै पाँचथरको फिदिम नगरपालिका–४ भदौरेमा पहिरोले घर पुरिँदा दुई जनाको ज्यान गएको छ । ज्यान जानेको नाम खुल्न नसकेको सशस्त्र प्रहरीले जनाएको छ । यस्तै काभ्रेको पनौती नगरपालिका ११ थुम्कीमा पहिरोले घर पुरिंदा पाँच जना बेपत्ता भएका छन् ।

यस्तै धनकुटा पाख्रिबास नगरपालिका गुँरासेका सन्तोष तामाङ्गको घर पहिरोले पुरिँदा उहाँकी श्रीमती ३२ वर्षीया आशा तामाङ्ग र आमा ५० वर्षीया रामकुमारी तामाङ्ग बेपत्ता भएको सशस्त्र प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया