आज विश्व रेबिजविरुद्धको दिवस : कुकुरलगायत जनावरले टोक्नासाथ खोप लगाए रेबिज लाग्नबाट बच्न सकिने

 असोज १२, २०८१ शनिबार ९:२१:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आज विश्व रेबिजविरुद्धको दिवस, नेपालमा पनि मनाईंदैछ । रेबिजको रोकथाम र चेतना जगाउने उदेश्यले हरेक वर्ष सेप्टेम्बर २८ तारिखलाई विश्व रेबिज दिवसको रूपमा मनाउने गरिन्छ । यसवर्ष विश्व रेबिजविरुद्धको दिवस, ‘रेबिजको सीमा तोड्दै’ तय गरिएको छ । नेपालमा ‘अवरोध हटाऔँ, रेबिज उन्मूलन गरौँ’ भन्ने नारासहित यो वर्षको रेबिजविरुद्धको दिवस मनाउन लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा ९९ प्रतिशत रेबिज कुकुरको टोकाइबाट हुने गरेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । कुकुर, बिरालो, स्याल, चमेरोलगायत सङ्क्रमित जनावरको टोकाइबाट रेबिज सर्छ । रेबिजबाट बच्नको लागि टोकाइपछि तुरुन्तै खोप लगाउनु डाक्टरको सुझाव छ । घरमा पालेको कुकुरमासमेत सङ्क्रमण हुन सक्ने भएकाले टोकेको अवस्थामा रेबिजविरुद्धको खोप लगाउन सुझाव छ ।

रेबिजको सङ्क्रमणको लक्षण ज्वरो र टाउकोबाट शुरु हुन्छ र प्रकाश, पानी र हावादेखि डर लाग्ने हुन्छ । सरकारले सरकारी अस्पतालमा रेबिजविरुद्धको खोप निःशुल्क उपलब्ध गराउँदै आएको छ । नेपालले सन् २०३० सम्म रेबिजलाई शून्यमा झार्ने लक्ष्य लिएको छ । तर लक्ष्य पूरा गर्न चुनौती कायमै छ । 

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया