कृषि र पशु विज्ञान अध्ययन संस्थानको स्नातक तहको प्रवेश परीक्षा स्थगित

 असोज १२, २०८१ शनिबार १०:१२:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – त्रिभुवन विश्वविद्यालय कृषि र पशु विज्ञान अध्ययन संस्थानले आज हुने भनिएको स्नातक तहको प्रवेश परीक्षा स्थगित गरेको छ ।

काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा निरन्तरको वर्षासँगै आएको बाढी र सडकसमेत अवरुद्ध हुँदा परीक्षा स्थगित गरिएको कृषि र पशु विज्ञान अध्ययन संस्थानका निमित्त डीन तथा भर्ना समिति संयोजक डा. किशोरचन्द्र दाहालले उज्यालोलाई जानकारी दिनुभयो ।

अब प्रवेश परीक्षा कहिले गर्ने भनेर छलफल गरी संस्थाको वेभसाइटमा प्रकाशन गर्ने उहाँले बताउनुभयो । संस्थानले स्नातक तहको प्रवेश परीक्षा आज बिहान ११ बजेका लागि तोकेको थियो । 

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया