ललितपुरमा नख्खु खोलाले बगाएर ४ जना बेपत्ता

 असोज १२, २०८१ शनिबार १०:२६:५ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : समाजिक सञ्जाल

काठमाण्डौ – ललितपुरको ललितपुर महानगरपालिका–१४ नखिपोटमा खोलाले बगाएर चार जना बेपत्ता भएका छन् । उनीहरुलाई नख्खु खोलाले बगाएको हो ।

बेपत्ता हुनेमा एक महिला, एक बच्चा र दुई जना पुरुष रहेका सशस्त्र प्रहरी बलका सह–प्रवक्ता शैलेन्द थापाले जानकारी दिनुभयो । खोला उर्लिदै गर्दा उनीहरु टिनको छाप्रो रहेको घरमाथी चढेर उद्धारको पर्खाइमा थिए । बेलैमा उद्धार हुन नसक्दा उनीहरुलाई खोलाले बगाएको हो ।

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया