बाढीपहिरोमा परी अहिलेसम्म ८ जनाको ज्यान गयो

 असोज १२, २०८१ शनिबार १०:३८:६ | उज्यालो सहकर्मी
unn.prixa.net

रासस

काठमाण्डौ – अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा विपदका घटनामा अहिलेसम्म आठ जनाको ज्यान गएको छ । पहिरोबाट पाँचथर, धनकुटा, काभ्रे, सिन्धुपाल्चोक, काठमाण्डाै र ललितपुरलगायत जिल्लामा मानवीय क्षति भएको केन्द्रीय प्रहरी प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो ।

केही बेपत्ता रहेका छन् । तर क्षतिको पूरा विवरण आउन बाँकी नै छ । यस्तै चार सयभन्दा धेरै नागरिक विस्थापित भएका र उनीहरुलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ ।

प्रहरी प्रवक्ता कार्कीका अनुसार एक सय ५० भन्दाबढी ठाउँमा बाढीपहिरो लगायतका घटना भएका छन् । सबैजसो राजमार्ग, मुख्य सडकमार्ग अवरुद्ध छन् । अवरुद्ध सडक खुलाउन सबै निकायसँग समन्वय भइरहेको प्रहरी नायब महानिरीक्षक कार्कीले बताउनुभयो ।  

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया