आफ्ना नागरिकलाई तत्काल लेबनान छोड्न जापानको आग्रह

 असोज १२, २०८१ शनिबार १२:२०:३ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एजेन्सी

इजरायलले लेबनानमा हिज्बुल्लाहबिरुद्धको आक्रमण थप तीब्र पारेपछि जापानले आफ्ना नागरिकलाई तत्काल लेबनान छोड्न आग्रह गरेको छ । जापानले आफ्ना नागरिकलाई लेबनानबाट निकाल्न सैन्य उडानको तयारी गरेको छ ।

रक्षा मन्त्रालयले जापानी नागरिकलाई प्रभावित क्षेत्रबाट बाहिर निकाल्न आवश्यक भएमा वायु सेनाका विमानलाई जोर्डन र ग्रीस जानका लागि तयार रहन आदेश दिइएको समाचार संस्था एएफपीले जनाएको छ ।

जापानले सबै पक्षलाई संयमता अपनाउन पनि आग्रह गरेको छ । इजरायलको सेनाले लेबनानको राजधानी बेरुतका भवन लक्षित आक्रमण गरिरहेको छ । ती भवनमुनि हिज्बुल्लाहले हतियार भण्डार गरिरहेको उसको दाबी छ । लेबनानको राजधानीको दक्षिणी क्षेत्रमा रहेका भवन खाली गर्न मानिसलाई आग्रहपछि आक्रमण तीब्र भएको बीबीसीको खबरमा उल्लेख छ ।

इजरायलका प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले आफ्नो देशको सेनालाई हिज्बुल्लाहविरुद्ध पूर्ण शक्ति लगाएर लड्न निर्देशन दिनुभएको छ । अमेरिका र अन्य साझेदार देशबाट युद्धविरामको लागि आह्वान भए पनि त्यसलाई अस्विकार गरी नेतन्याहूको पछिल्लो निर्देशन आएको हो । यसअघि अमेरिका, बेलायत र युरोपेली सङ्घ ईयूसहितका १२ देशले तीन हप्ता लामो युद्ध विरामको प्रस्ताव गरेका थिए । 

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया