आज दिनभर वर्षा, बेलुकादेखि कम हुँदै जाने

 असोज १२, २०८१ शनिबार १५:१:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – अहिले देशको कोशी, मधेश बाग्मती र गण्डकी प्रदेशका सबैजसो ठाउँ र लुम्बिनी प्रदेशका केही ठाउँमा पानी परिरहेको छ । मनसुनी वायुसहित भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभावका कारण देशका धेरै ठाउँमा मुसलधारे वर्षा भएको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।

पछिल्लो २४ घण्टामा बाग्मती प्रदेशका जिल्लाहरूमा धेरै पानी परेको छ । यस्तै कोशी, मधेश गण्डकी र लुम्बिनी प्रदेशका धेरैजसो ठाउँमा पनि अत्याधिक वर्षा भएको छ । पछिल्लो १२ घण्टामा काभ्रेको पनौतीमा एक सय ४१ मिलमिटर, मण्डनमा १०४ मिलिमिटर, ललितपुरको गोदावरीमा एक सय ४३ र खुमलटारमा एक सय २८ मिलिमिटर वर्षा भएको छ ।

काठमाण्डौ उपत्यकाका सबैजसो केन्द्रहरुमा १२ घण्टामा एक सय मिलिमिटर आसपास वर्षा भएको छ । यस्तै १२ घण्टामा इलामको राकेमा एक सय ३८ मिलिमिटर, धनकुटाको मूलघाटमा एक सय २२ मिलिमिटर, बाराको कोल्भीमा एक सय २२ मिलिमिटर, चितवनको कल्याणपूरमा एक सय २२ मिलिमिटर, काली खोलामा एक सय ४४ मिलिमिटर, रूपन्देहीमा एक सय दुई मिलिमिटर वर्षा भएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले आज दिनभर वर्षा हुने र बेलुकीपखदेखि कम हुने जनाएको छ । पछिल्लो एक घण्टामा कोशी प्रदशेको झापा, मोरङ, धनकुटा, तेह्रथुम लगायतका जिल्लामा ठूलो पानी परिरहेको छ । काठमाण्डौ उपत्यका सहित बाँकी भुभागमा भने पछिल्लो १२ घण्टामा वर्षा कम भएको छ । 

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया