बाढीपहिरो : काठमाण्डौ उपत्यकामा ३२ जनासहित देशभर कम्तीमा ५० जनाको ज्यान गयो, १५ जना भन्दा धेरै बेपत्ता

 असोज १२, २०८१ शनिबार १५:१०:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – मुसलधारे वर्षासँगै आएको बाढीपहिरोका कारण देशभर जनधनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीको तथ्याङ्कअनुसार अहिलेसम्म देशभर कम्तीमा ५० जनाको ज्यान गएको छ । काठमाण्डौ उपत्यकामा मात्रै ३२ जनाको ज्यान गएको छ ।

दिउँसोसम्म काठमाण्डौमा ११, ललितपुरमा १६, भक्तपुरमा ५, काभ्रेमा ६, मकवानपुरमा ३ जना, पाँचथरमा ५, सिन्धपाल्चोकमा २, धनकुटामा २, सिन्धुली, झापा र धादिङमा १–१ जनाको ज्यान गएको छ । प्रहरीका अनुसार बाढीपहिरो तथा डुबानमा परी काठमाण्डौ उपत्यकामा मात्रै ३२ जनाको ज्यान गएको छ । १२ जना बेपत्ता रहेका छन् ।

कठमाण्डौ उपत्यकामा बाढीमा फसेका एक हजार ५३ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार देशभर ४४ जिल्लामा बाढी, पहिरो, डुबान र कटानले क्षति पुर्‍याएको छ । बाढीपहिरोमा परेर केही घाइते भएका छन् । कम्तीमा १५ जना हराइरहेका छन् ।

मकवानपुरमा ज्यान गुमाउनेहरुमा इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ सिस्नेरीमा रहेको वत्सलादेवी माध्यमिक विद्यालयमा अध्ययनरत एन्फा एकेडेमीका तीन जना विद्यार्थी रहेका छन् ।

हिजो कुलेखानी जलविद्युत् आयोजनाको जलाशयका ढोका खोलिएपछि सिस्नेरी खोलामा जलसतह बढेसँगै सुरक्षित ठाउँतर्फ जानेक्रममा उनीहरु बेपत्ता भएका ६ जना मध्ये तीन जनाको शव भेटिएको एकेडेमीका संयोजक सुवासचन्द्र ठकुरीले बताउनुभयो ।

कुलेखानी बाँध खोल्दा इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी बजारका ३० घर बाढीमा बगेका छन् । इन्द्रसरोवर–२ खानीखेतस्थित २८ घर डुबानमा छन् ।  
 

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया