नेपाल भारत गण्डक ब्यारेजका सबै ढोका खोलियो, ५६ वटै ढोका खोलेपछि कोशीमा `रेड अलर्ट´ जारी

 असोज १२, २०८१ शनिबार १५:२६:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ – पानीको सतह बढेपछि नवलपरासीमा रहेको नारायणी नदीमा नेपाल भारत गण्डक ब्यारेजका सबै ढोका खोलिएको छ । त्रिवेणी गण्डक क्षेत्रमा पानीको बहाव बढ्दै गएपछि नारायणी नदीको गण्डक नहरका ३६ वटै ढोका खोलिएको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठले जानकारी दिनुभयो । अहिले नारायणी नदीको त्रिवेणी गण्डक क्षेत्रमा झण्डै चार लाख  क्युसेक पानीको बहाव रहेको छ ।

यसैबीच कोशीमा पानीको बहाव अत्यधिक बढेपछि कोशी ब्यारेज नियन्त्रण कक्षले रेड अलर्ट जारी गरेको छ । ब्यारेजका ५६ वटै ढोका बिहान ८ बजेदेखि नै खोलिएको छ । आज दिउँसो एक बजेको मापनअनुसार कोशी ब्यारेज भएर प्रतिसेकेन्ड ५ लाख २१ हजार क्युसेक पानीको बहाव भइरहेको छ ।

सन् १९६२ मा कोशी ब्यारेजको संरचना सञ्चालनमा आएपछि ९ लाख ५० हजार क्युसेक पानीको बहाव हुने क्षमता भनिएको थियो । तर पछिल्ला दिनहरुमा कोशी ब्यारेजका पुल नजिक बालुवा थुप्रिएका कारण ब्यारेजबाट हुने बहाव क्षमतामा कमी आएको हो ।

कोशी ब्यारेज पुलमा पैदलयात्रीको आवतजावतमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।   
 

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया