कोशी, बाग्मती, नारायणीलगायत मुख्य नदीका १५ ठाउँमा जलसतह खतराको तहभन्दा माथि

 असोज १२, २०८१ शनिबार १६:४१:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – मुसलधारे वर्षाका कारण नदीहरुमा जलसतह बढेको छ । दिउँसोपछि पानी पर्नेक्रम कम भए पनि अझै विभिन्न नदीको १५ ठाउँमा जलसतह खतराको तहभन्दा माथि रहेको छ ।

बाढी पूर्वानुमान् महाशाखाका अनुसार बाग्मती नदी अन्तर्गत मनोहराले काठमाण्डौको बालकुमारीमा, हनुमन्तेले भक्तपुरको कौशलटारमा, बाग्मतीले ललितपुरको खोकनामा र कर्मैयाले रौतहटमा खतराको तह पार गरेको छ ।

यस्तै नारायणी नदीले चितवनमा र बारामा पसाहा खोलाले खतराको तह पार गरेको छ । यस्तै कोशी नदी अन्तर्गत धनकुटामा अरुण र तमोर, सिन्धुपाल्चोकमा भोटेकोशी, सिन्धुलीको खुर्कोटमा सुनकोशी नदीमा जलसतह खतराको तहभन्दा माथि छ ।

यस्तै सुनसरीमा सप्तकोशी, सर्दुखोला र बुद्धिखोलाले खतराको तह पार गरेको छ । यस्तै नारायणी, बाग्मती, कमला, कोशी कैशल्या लगायतका नदीहरु १३ भन्दा बढी ठाउँमा खतराको तह आसपासमा रहेका छन् ।

यसैबीच अत्याधिक वर्षाका कारण विभिन्न नदीका ७९ वटा जलाधार क्षेत्रमा रेड अलर्ट जारी भएको छ । रेड अलर्ट जारी भएका क्षेत्रमा ठूला साना सबैखाले नदी तथा खोलाहरुमा जुनसुकै बेला बाढी आउन सक्ने बाढी पूर्वानुमान् महाशाखाले जनाएको छ । नारायणी नदीको पाल्पा, तनहुँ, चितवन, मकवानपुर, गोरखा, लमजुङ लगायतका जिल्लामा रहेका जलाधार क्षेत्रहरुमा रेड अलर्ट जारी भएको छ ।

यस्तै कोशीको खोटाङ, सुनसरी, धनकुटा, तेह्रथुम, इलाम लगायतका जिल्लामा रेड अलर्ट जारी भएको छ । बाग्मतीको सबैजसो जलाधार क्षेत्रमा रेड अलर्ट छ । 

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया