बाढीपहिरो : काठमाण्डौ उपत्यकामा मात्रै ३४ जनाको ज्यान गयो, १७ जना बेपत्ता

 असोज १२, २०८१ शनिबार १६:५६:८ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डौ – मुसलधारे वर्षाका कारण आएको बाढी पहिरोमा परी काठमाण्डौ उपत्यकामा ३४ जनाको ज्यान गएको छ । काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानिपोखरीका अनुसार काठमाण्डौमा ११ जना, ललितपुरमा १८ जना र भक्तपुरमा पाँच जना गरी ३४ जनाको ज्यान गएको हो ।

यस्तै तीनवटा जिल्लामा गरी १७ जना बेपत्ता रहेका कार्यालयका सूचना अधिकारी एवम् प्रहरी उपरिक्षक एसएसपी विनोद घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार काठमाण्डौमा १० जना, ललितपुरमा ५ जना र भक्तपुरमा २ जना गरी १७ जना घाइते भएका छन् ।

काठमाण्डौ उपत्यकामा एक हजार तीन सय १५ जनालाई सुरक्षाकर्मीले उद्धार गरेका छन् । यस्तै ७९ वटा पशुचौपाय मरेका र दुई हजार दुई सय ४१ वटा घर डुवानमा परेका एसएसपी घिमिरेले जानकारी दिनुभयो ।   

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया